सवारी दुर्घटनामा चन्द्रागिरीका दुई जनाको मृत्यु

 

बैशाख १८, काठमाडौं । धादिङको गल्छी गाउँपालिका स्थित पृथ्वी राजमार्गमा भएको दुर्घटनामा परि चन्द्रागिरी–५ का दुई जनाको मृत्यु भएको छ । 

माइक्रोबससँग ठोक्किएकर अनियन्त्रित भएको मोटरसाइकललाई ट्रकले किच्दा मोटरसाइकलमा सवार चन्द्रागिरी–५ का दुई युवाहरुको मृत्यु भएको हो । 

null

बुधबार दिउँसो चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा९७प २५३८ नम्बरको मोटरसाइकल काठमाडौंबाट नवलपरासीतर्फ जाँदै गरेको बा ४ ख ९१०३ नम्बरको माइक्रोबससंग ठोक्किन पुग्यो । 

त्यसपछि अनियन्त्रित भएको मोटरसाइकललाई चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ना६ख ५६१४ नम्बरको ट्रकले किच्दा मोटरसाइकलमा सवार चन्द्रागिरी नगरपालिका–५ का २९ वर्षका राज महर्जन र ३० वर्षका कविकुमार महर्जनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिए । 

हाल दुबै शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए । 

माइक्रोबस र ट्रक चालक दुबैलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *