कांग्रेसको अवरोधकाबीच बहुमतले पारित भयो नीति तथा कार्यक्रम

 

बैशाख २४, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवराेधकाबीच सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । 

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकले गत शुक्रबार (बैशाख २० गते) राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका तर्फबाट प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । 

null

नीति तथा कार्यक्रममाथि संसदमा आइतबार, सोमबार र मंगलबार छलफल भएको थियो । मंगलबारकै दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिइसकेपछि नीति तथा कार्यक्रम बहुमतले पारित गरिएकाे हो । 

अब संसद बैठक वैशाख २७ गते ११ बजे बस्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *