विराटनगरको कोशी अञ्चल अस्पतालमा बर्थिङ सेन्टर बन्ने

बैशाख २०, विराटनगर । विराटनगरको कोशी अञ्चल अस्पताल परिसरमा बर्थिङ सेन्टर निर्माण हुने भएको छ । 

 

अमेरिकाको सहयोगमा बन्ने सेन्टरको शुक्रबार उपप्रधान एवम स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव, प्रदेश १ का सामाजिक विकास मन्त्री जिवन घिमिरे र विराटनगर महानगरपालिकाका मेयर लगायतले बर्थिङ सेन्टरको उद्घाटन गरेका हुन् । 

null

अमेरिकी दुतावास , अमेरिकी सेना लगायतको आर्थिक सहयोगमा बर्थिङ सेन्टर १ बर्ष भित्र सक्ने गरी निर्माण सुरु भएको हो । १२ करोडको लागतमा ३ कठ्ठा जमिनमा १ सय बेडको दुईतले बर्थिङ सेन्टर निर्माण सुरु भएको अस्पतालका मेसु डाक्टर रोशन पोखरेलले बताए । 

सम्पूर्ण सुविधा सहितको बर्थिङ सेन्टरले विराटनगरबासीलाई मात्र नभई पूर्व क्षेत्रका गरीब विपन्न वर्गका लागि सहज हुने अस्पतालले जनाएको छ । वाइट……रोशन पोखरेलमेसिकल सुपरिटेण्डेन्ट, कोशी अञ्चल अस्पताल, विराटनगरबर्थिङ सेन्टरको उद्घाटन गर्दे स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नेपाल सरकारले स्वास्थ्य नीति पारित गरी सकेको जानकारी दिदै कोशी अस्पतालको सेवा सुविधा विस्तार गर्न संघीय सरकार लागि परेको बताए । 

वाइट…..उपेन्द्र यादवउप–प्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्रीसामाजिक विकास मन्त्री जीवन घिमिरेले विराटनगर स्वास्थ्य क्षेत्रको हब बन्दै गएको बताए ।  

वाइट……जिवन घिमिरेसामाजिक विका मन्त्री, प्रदेश नं. १कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले गरीब र विपन्न वर्गको अस्पताल भनेर चिनिएको कोशी अस्पताललाई टिचिङ अस्पतालको रुपमा विकास गर्नुपर्ने बताए ।  

वाइट… भीम पराजुलीमेयर, विराटनगर महानगरपालिकामेयर पराजुलीले स्थानीय सरकारको हैसियतले सो अस्पतालको विकासका लागि महानगरपालिका सँधै सहयोग गर्न तयार रहेको बताए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *