भैंसेपाटीमा भीषण आगलागी

काठमाडौं, १६ जेठ । ललितपुर महानगरपालिका वडा नम्बर २५ स्थित भैंसेपाटीमा आज बिहान आगलागी भएको छ । प्रहरीका अनुसार किरण प्रकाश श्रेष्ठले सञ्चालन गरेको सोडियम हाइड्रो सल्फेट केमिकल फ्याक्ट्रीमा आगलागी भएको हो । 

 

बिहान साढे ३ बजेबाट लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । केमिकल भएकाले आगो पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । चार दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दाले आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । 

null

के कति कारणले आगलागी भएको खुलेको छैन । आगलागीबाट मानवीय क्षति नभए पनि ठूलो धनमालको क्षति भएको प्रहरीले अनुमान गरेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *