बिभिन्न हातहतियार सहित ६ पक्राउ

बैशाख २०, काठमाडाैँ । बिभिन्न हातहितयार सहित प्रहरीले  फरक-फरक स्थानबाट ६ व्यक्तीलाई पक्राउ गरेको छ ।  

 

सिरहाको भगवानपुर गाउँपालिका ४ मिनीबजार स्थित नेपाल भारत सिमाना नजिकबाट गएराती भारत मधुवनी ग्रामपञ्चायत बगहा १ बस्ने २८ वर्षीय राजेशकुमार यादवलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

null

प्रहरीका अनुसार उनको साथबाट १ थान कटुवा पेस्तोल र खाली खोका १ राउण्ड फेला परेको छ । उनलाई प्रहरी चौकी ठाडी र सशस्त्र प्रहरी बलको संयुक्त गस्तीले नियन्त्रणमा लिएको हो । 

त्यस्तै गएराति इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले को १ ह ५७३९ नम्बरको ट्याम्पो चेकजाँच गर्ने क्रममा १ थान खुकुरी र १ थान चुप्पी सहित मोरङको रतुवामाई नगरपालिका-२ घरुचोकबाट झापा कमल गाउँपालिका १ बस्ने ४० वर्षीय दूर्गा बिक सहित ५ जनाकाे समूह लाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूमाथी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *