किशोरीको सामूहिक बलात्कार

पर्सा, ८ जेठ । बारा परवानीपुर गाउँपालिका १ बुनियाद टोलमा सोमबार राति ८ बजे मानसिक सन्तुलन गुमाएकी एक किशोरीको सामूहिक बलात्कार भएको छ । स्थानीय ३५ वर्षीय रामअयोध्या मण्डल तथा नचिनिएका अर्का एक पुरुषले ती किशोरीलाई बलात्कार गरेका हुन् । 

 

बलात्कार गरिरहेकैबेला स्थानीयले मण्डललँई नियन्त्रण गरेर प्रहरीको जिम्मा लगाएकाथिए । अर्का व्यक्ति भने भागेका छन् । करिब १६ वर्ष उमेरकी किशोरीलाई आइतबारदेखि गाउँमा देखिएकी थिइन् । उनी कहाँबाट आएकी हुन् भन्ने स्थानीय कसैलाई थाहा छैन । 

null

किशोरीलाई मानव सेवा आश्रम वीरगन्जले आश्रय दिएको छ । किशोरी शारीरिक रूपमासामान्य देखिन्छिन् । तर उनी आफ्नो तथा अभिभावकको नाम, ठेगाना बताउन सक्दिनन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *