खैरहनी कुमरोजका ६० जना वृद्धवृद्धालाई सम्मान

 

जेठ १५, चितवन । खैरहनी नगरपालिका १२ कुमरोजका ८० वर्ष नाघेका वृद्धवृद्धाहरुलाई बुधबार सम्मान गरिएको छ । 

खैरहनी १२ वडा कार्यालयको आर्थिक सहयोगमा मुस्कान महिला बचत तथा ऋण सहकारी संस्थाले ६० जना वृद्धवृद्धाहरुलाई सम्मान गरेको हो । 

null

वडा कार्यालयमा आयोजित कार्यक्रममा खैरहनी नगरपालिकाकी उपमेयर सुनिता थपलिया, वडाध्यक्ष टिकाराम तिमल्सीना, नगरपालिकाका प्रशासकीय अधिकृत प्रकासचन्द्र पौडेल, सहकारीकी अध्यक्ष अम्बिका तिमल्सीनाले उनीहरुलाई दोसल्ला ओढाई फलफुल, बिस्कुट, जुस प्रदान गरे । 

साथै वृद्धवृद्धालाई १ हजार ३ सय रुपैयाँ समेत प्रदान गरिएको वडाध्यक्ष टिकाराम तिमल्सीनाले जानकारी दिए । वडाध्यक्ष तिमल्सीनाका अनुसार सम्मानित हुनेहरुमा ९९ वर्षिय इन्द्र प्रसाद वर्तौला, ९९ वर्षिया कोककुमारी त्रिपाठी,९४ वर्षिय लक्ष्मी प्रसाद पाण्डे लगायत रहेका छन् । 

कार्यक्रमकी प्रमुख अतिथी समेत रहेकी खैरहनी नगरपालिका उपमेयर सुनिता थपलियाले छोराछोरीबाट अपहेलित हुने अवस्थाको अन्त्यका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताइन् । उपमेयर थपलियाले अग्रजहरुको अनुभवलाई आत्मसाथ गर्दै समानुकुल चल्नु पर्नेमा जोड दिइन् । 

मुस्कान सहकारीकी अध्यक्ष अम्बिका तिमल्सीनाको अध्यक्षतामा भएको कार्यक्रममा खैरहनी २ का वडाध्यक्ष टिकादत्त इटनी, ७ का वडाध्यक्ष मनेजर महतो, १२ का वडाध्यक्ष टिकाराम तिमल्सीना, नगरपालिकाका प्रशासकीय अधिकृत प्रकाश पौडेल, कुमरोज मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष गणेश कुमार श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *