एकातिर पत्रकारलाई कस्ने विधेयक, अर्कोतिर चेक बाउन्ससम्बन्धी कसुर खुकुलो

काठमाडौं, १ जेठ । एकातिर पत्रकारलाई कस्ने खालको विधेयक आउने भयले त्रस्त छन् कलमजीवी । अर्कोतिर व्यापारी र ठग मानसिकता भएकाहरुलाई भने हाइसञ्चो हुने खालको विधेयक बन्दै छ बालुवाटारतिर । 

 

राष्ट्र बैंकको पछिल्लो बोडै बैठकबाट पारित भई अर्थ मन्त्रालय पठाउने तयारी चलिरहेको बैंकिङ कसुरसम्बन्धी विधेयक अक्षरशः पारित भएको खण्डमा बाउन्स चेक भिडाएर ठगी गर्दै आएका माफिया र ठग प्रत्यक्ष लाभान्वित हुनेछन् । यस अघिको बैंकिङ कसुर तथा सजायँसम्बन्धी ऐनलाई अझै परिष्कृत गर्ने नाममा खातामा पैसा नहुँदा नहुँदै चेक काटेर अरुलाई दुःख दिने नियत भएका फटाहाहरुलाई छुट दिन खोजिएको हो । 

null

खातामा पैसा नहुँदा चेक काटेर दुःख दिएको भेटिए तत्काल कारबाही हुने व्यवस्थालाई खुकुलो बनाई १५ दिनको समय दिन लागिएको छ । खातामा पैसा नहुँदा नहुँदै चेक काट्नेलाई तत्काल बैंकिङ कसुरसम्बन्धी ऐनअन्तर्गत मुद्दा चलाइँदै आएकोमा प्रस्तावित विधेयकमा १४ दिनको समय दिने र सो अवधिभित्र पनि रकम जम्मा नगरे मात्रै कारबाही प्रक्रिया अघि बढाउने व्यवस्था विधेयकमा उल्लेख भएको राष्ट्र बैंक स्रोतले जनाएको छ । 

चेक बाउन्ससम्बन्धी कसुरलाई समेत खुकुलो बनाइएको छ । यसअघि अब यस्तो केसमा १२ वर्षसम्म जेल बस्नुपर्ने व्यवस्था थियो । त्यस्ताले अब बढीमा ६ महिना जेल बसे पुग्नेछ । यसअघि १० अर्ब वा सोभन्दा बढी चेक बाउन्समा १२ वर्षभन्दा बढी जेल बस्नु पर्ने व्यवस्था थियो । ५० करोडसम्मको चेक बाउन्स भए कम्तीमा ६ देखि ८ वर्षसम्म जेल बस्नु पथ्र्यो । १० लाखसम्म चेक बाउन्स गरे कम्तीमा एक वर्ष जेल बस्नु पथ्र्यो । संशोधित नयाँ व्यवस्थाले चेक बाउन्स प्रकरणमा बढीमा ६ महिनासम्म जेल सजायँ हुनेछ । 

जसअन्तर्गत ३ लाखसम्मका लागि एक महिनास, १० लाखसम्मका लागि एक महिनासम्म जेल एक लाख जरिवाना, ५० लाख रुपैयाँसम्म भए ५ लाख रुपैयाँसम्म जरिवाना र ३ महिनासम्म कैद र सोभन्दा बढी भए बिगोको ५० प्रतिशतसम्म जरिवाना र ३ महिनासम्म कैद र सोभन्दा बढी भए बिगोको ५० प्रतिशतसम्म जरिवाना र ६ महिनासम्म कैद सजायँको प्रस्ताव गरिएको छ । आपसी कारेबार नमिल्दा खातामा रकम नै नभए पनि बैंकमा चेक साट्न लगाइ त्यसैलाई प्रमाण बनाएर प्रहरीमा बैंकिङ कसुरका उजुरी आउने क्रम बढेको छ । 

पछिल्लो दुई वर्षमा काठमाडौं प्रहरी परिसरमा चेक बाउन्स प्रकरणमा १८ सय मुद्दा दर्ता भएको रेकर्ड छ । अघिल्लो वर्ष ४ सय २७ वटा उजुरी दर्ता भएकोमा यस वर्ष १४ सय यस्ता घटनासम्बन्धी उजुरी दर्ता भएका छन् । परिसरमा दैनिक सरदर २५ वटासम्म चेक बाउन्सका केस दर्ता हुने गरेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *