भियतनाम पुगे प्रधानमन्त्री, उपविदेशमन्त्री न्युन क्युकले गरे स्वागत

 

बैशाख २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भियतनामको राजधानी हनोइ पुगेका छन् । 

प्रधानमन्त्री गुयन सुआन फुकको निमन्त्रणामा भियतनाम पुगेका उनलाई त्यहाँका उपविदेशमन्त्री न्युन क्युक डङ र थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले स्वागत गरे । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आजदेखि भियतनामको औपचारिक भ्रमणमा छन्। उनी आजबाट ३० गतेसम्म भियतनाम र ३० देखि जेठ १ गतेसम्म कम्बोडियाको भ्रमणमा रहनेछन् । 

null

भ्रमण दलमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, सङ्घीय संसद् अन्तरराष्ट्रिय सम्बन्ध समितिका सभापति पवित्रा निरौला, सांसद्, परराष्ट्र, संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका उच्चपदस्थ कर्मचारी, स्थानीय तहका पदाधिकारी, निजी क्षेत्रका उद्योगी व्यवसायी एवं सञ्चारकर्मी संलग्न छन्। 

दुई देशको भ्रमण सकेर प्रधानमन्त्री ओली १ जेठमा स्वदेश फर्कने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *