कामना सेवा वैंकले नै पैसा राखेर खाता खोलिदिन्छ है !

वैशाख २१, चितवन । कामना सेवा विकास वैंकले चितवन राप्ती नगरपालिकाको पहाडी भेगमा खोलौ वैंक खाता अभियान अन्तर्गत डोर टु डोर (घरदैलो कार्यक्रम) सञ्चालन गरेको छ । राप्ती नगरपालिका ८ खुरखुरे स्थित कामना सेवा विकास वैंक शाखाले नगरको वडा नम्वर १० का स्थानीयलाई लक्षित गर्दै शनिवार घरदैलो कार्यक्रम गरेको हो । 

राष्ट्र वैंकको सर्कुलर अनुसार वित्तिय साक्षरतासंगै घरदैलो कार्यक्रम गरेर खाता खोल्न प्रेरित गरिएको कामना सेवा विकास वैंक खुरखुरे शाखा प्रमुख विन्दु सिंजाली मगरले जानकारी दिईन् । 

अभियान अन्र्तगत राप्ती नगरपालिका १० को किरनटार, समीटार, कावर, दारलाङे लगायतका स्थानमा १५० जनाको वैंक खाता खोलिएको मगरले वताईन् । उनीहरुलाई वैंकलेनै रु १०० राखेर खाता खोलिदिएको छ । 

null

 

खोलौ वैंक खाता अभियान अन्तर्गत उनीहरुको खाता खोल्नुका साथै ७ लाख वरावरको दुर्घटना बीमा समेत स्वत भएको शाखा प्रमुख मगरले वताईन् । राप्ती १० नगरको पहाडी वडा हो जहाँ चेपाङ र तामाङ समुदायको वाहुल्यता रहेको छ । 

घरदैलोका लागि शाखा प्रमुख मगरसहित कर्मचारीहरुको टोली पहाडी क्षेत्र पुगेका थिए । कामना वैंकले यसअघि २ पटक सम्म घरदैलो कार्यक्रम सञ्चालन गरिसकेको छ । कामना सेवा विकास वैंकको देशभर ८३ वटा शाखा रहेका छन् भने चितवनमा खुरखुरेसहित भरतपुरको हाकिमचोक, लायन्स चोक, शहिद चोक र शारदानगरमा पनि शाखा छ । खुरखुरे शाखाको ६ हजार भन्दा सेवाग्राही रहेका छन् । 

सो वैंकबाट रेमिट्यान्स सेवा वाहेक मोवाईल वैंकिङ सेवा र एटिएम सेवा निशुल्क उपलव्ध छ । त्यस्तै वैंक मार्फत जीवन बीमा समेत हुदै आएको छ । प्रगतिको आधार कामना सेवासंग कारोवार भन्ने नाराका साथ संचालित सो वैंकले कृषिलाई प्राथमिकता दिदै लगानी गर्दै आएको वैंककी प्रमुख विन्दु सिंजाली मगरले वताईन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *