…जसले मृत फ्याउराको पेटबाट चार बच्चा निकालेर जीवनदान दिए

 

बेलायतका एक २४ वर्षीय क्रिस रोल्फले मृत फ्याउराको पेटबाट ४ बच्चा निकालेर जीवनदान दिएका छन् । 

रातको समयमा घर बाहिर कारमा हिँडिरहेका रोल्फले जंगलको बाटो छेउमा मृत फेला परेको फ्याउराको पेट चिरेर बच्चा निकालेका हुन् । 

null

उनले भनेका छन्, ‘म रातको समयमा कारमा हिँडिरहेको थिएँ । बाटो छेउमा घाइते फ्याउरो देखेँ र मद्दतका लागि कारबाट बाहिर उत्रिएँ । तर रक्ताम्मे अवस्थामा रहेको फ्याउरो जिवित थिएन । उसको पेट छाम्दा बच्चा चलेको थाहा पाएँ र जिवितै ती बच्चाको उद्धार गरेँ ।’ 

 

बच्चाको उद्धारका लागि फ्याउराको पेट चिर्न आफूलाई निकै कठिन भएको उनले अनुभव सुनाए ।  

हाल रोल्फले गरेको कार्यबारे विश्वभर चर्चा भइरहेको छ। रोल्फले फ्याउरोको बच्चा बचाएर मानवताको धर्मलाई निभाएको प्रतिक्रियाहरु आएका छन्। –एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *