के ब्रिटिस नागरिक हुन् राहुल गान्धी ? गृह मन्त्रालयले माग्यो स्पष्टिकरण

 

बैशाख १७, नयाँ दिल्ली । केन्द्रिय गृह मन्त्रालयले कांग्रेस अध्यक्ष राहुल गान्धीसँग उनको नागरिकताबारे स्पष्ट पार्न सूचना जारी गरेको छ । 

बीजेपी सांसद सुब्रमण्यम स्वामीले कांग्रेस अध्यक्ष राहुलले २००९ मा ब्रिटेनको नागरिक बताएको भन्दै उजुरी दिएपछि गृह मन्त्रालयले स्पष्टिकरण मागेको हो । 

null

कांग्रेसले यस सूचनालाई मुद्दाको ध्यान भड्काउन प्रधानमन्त्रीले गरेको कोशिश बताएको छ । 

राहुल गान्धीको नागरिकतालाई लिएर पहिले पनि सवाल उठेको थियो । यद्यपी सर्वोच्च अदालतले २०१५ मा यस्तै सार्वजनिक अपिलको खारेज गरिदिएको थियो, जसमा उनको नागरिकताबारे सीबीआई जाँच गराउन माग गरिएको थियो । तर सर्वोच्च अदालतले उजुरीका साथ संलग्न कागजातहरुको सत्यतामाथि सत्यता र यसलाई हासिल गर्ने तरिकाबारे प्रश्न उठाएको थियो । 

आफ्नो उजुरीमा सुब्रमण्यम स्वामीले राहुल गान्धीले ब्रिटेनमा २००३ मा रजिस्टर एक कम्पनीको कागजपत्रमा आफ्नो तागरिकता ब्रिटिस भएको बताएका थिए । र उनी त्यसै कम्पनीका सेक्रेटरी थिए । 

जारी नोटिसमा लेखिएको छ, ‘सुब्रमण्यम स्वामीले आफ्नो उजुरीमा उक्त कम्पनीको २००५ देखि २००६ सम्म वार्षिक रिटर्नमा आफ्नो नागरिकता ब्रिटिस लेखेका छन् ।’ 

गृह मन्त्रालयले मंगलबार राहुल गान्धीलाई सूचना पठाइ यसबारे तथ्यात्मक स्थिति स्पष्ट पार्न भनेको छ । जवाफ दिनका लागि राहुल गान्धीलाई १५ दिनको समय दिइएको छ । 

कांग्रेस पार्टीले भने राहुल गान्धी भारतीय नै भएको दाबी गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *