सुरु भयो कांग्रेसको जागरण अभियान

 

बैशाख २५, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जागरण अभियान सुरु भएको छ । 

जागरण अभियानको सभापति शेरबहादुर देउवाले काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा एक समारोहबीच उद्घाटन गरेका छन्। 

null

पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने, पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने उद्देश्यले सुरु गरिएको जागरण अभियानका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटिइसकेका छन् । आज एकैसाथ ७७ वटै जिल्लामा अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । 

आजबाट सुरु भएको पहिलो चरणको जागरण अभियान जेठ २५ गतेसम्म चल्ने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 

प्रवक्ता शर्माका अनुसार प्रथम चरणको अभियान ७७ जिल्लामा सञ्चालन गरिनेछ भने भदौ २४ (वीपी जयन्ती) देखि असोज १० गतेसम्म सञ्चालन हुने दोस्रो चरणको जागरण अभियानमा ३३० प्रदेश निर्वाचन क्षेत्र समेटिने छ । यस्तै तेस्रो चरण ७५३ स्थानीय तहमा हुनेछ । तेस्रो तथा अन्तिम चरणको जागरण अभियान पुस ७ देखि १६ गतेसम्म सञ्चालन हुनेछ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *