सगरमाथाको उचाई नापेर फर्कियो सरकारी टोली

 

जेठ १०, काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको  उचाई नाप्ने सरकारी टोली फर्किएको छ । 

सगरमाथाको उचाई नाप्ने टोलीका प्रमुख नापी अधिकृत खिमलाल गौतमसहित नापी अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल बिहीबार काठमाडौं फर्किएका हुन् । 

null

सो टोलीलाई शुक्रबार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्ममा अर्यालले सिंहदरबारस्थित मन्त्रालयमै एक कार्यक्रमको आयोजना गरी स्वागत गरेकी छन् । 

सगरमाथाको उचाई नाप्ने टोली बुधबार (जेठ ८ गते) अत्याधुनिक उपकरणसहित चुचुरोमा पुगेको थियो । टोलीले हिउँ सतह र चट्टानी सतह दुवैका उचाइ मापन गरेको छ । तर तत्कालै सगरमाथाको उचाइ पत्ता लाग्दैन । सबै प्रक्रिया टुंग्याएर डाटा प्रोसेसिङ गरि उचाइ निकाल्न अझै कम्तीमा ६ महिना लाग्ने जानकारी दिइएको छ । 

नेपालले पहिलो पटक आफैं सगरमाथाको उचाइ नाप्ने लागेको हो । भूकम्पका कारण सगरमाथाको उचाइ घटेको हो कि भन्ने अनुमानका कारण उचाई नाप्न लागिएको हो । 

यसअघि भारत, अमेरिका र चीनले नाप्दा फरक/फरक तथ्यांक आएको थियो । 

सन् १९५४ मा भारतीय नापी विभागको टोलीले र १९९९ मा अमेरिकी टोलीले सगरमाथाको उचाइ नापेका थिए । भारतीय टोलीले ८,८४८ र अमेरिकी टोलीले ८,८५० मिटर अग्लो सगरमाथा रहेको निष्कर्ष निकालेका थिए । 

यद्यपी नेपालले अहिलेसम्म ८,८४८ मिटरलाई नै मान्यता दिँदै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *