मातातीर्थ औंशीको अवसरमा एन आई सी एशिया बैंकको क्यास ब्याक योजना

बैशाख २०, काठमाडौं । मातातीर्थ औंशीको अवसरमा एनआइसी एशिया बैंकले क्यास ब्याक योजना ल्याएको छ । 

 

ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो सशक्त भौतिक उपस्थितिको एवं विद्युतीय प्रविधि प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ्ग सेवामा दिन सफल एन आई सी एशिया बैंकले मातातीर्थ औंशीको पावन अवसरमा Digital Payment हरुमा Cash Back योजनाहरु सार्वजनिक गरेको हो । 

null

उक्त योजनाहरुमा बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैकिङ्ग तथा मोबाइल बैकिङ्ग मार्फत भुक्तानी गर्दा १०% वा अधिकतम रु. १००० सम्मको Cash Back प्राप्त गर्नेछन् । 

उक्त योजना अन्र्तगत अनलाइन पेमेन्ट (E Commerce) बाट भुक्तानी गर्दा तथा बैंकको QR Payment System बाट भुक्तानी गर्दा कारोबार रकमको १०% वा उच्चतम रु. १००० सम्मको Cash Back रहेको छ । 

यसैगरी POS बाट भुक्तानी गर्दा १०% वा उच्चतम रु. ५०० सम्मको Cash Back अफर रहेको छ । यो योजना यही बैशाख २० गते र मातातीर्थ औंशीको दिन बैशाख २१ गतेको लागि मात्र लागू हुनेछ । डिजिटल बैंकिङ्गमा अग्रणी स्थान हासिल गरेको यस बैंकले आगामी दिनहरुमा यस्तै खालको विभिन्न सेवाहरु ल्याउने योजना राखेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *