राष्ट्रपति भण्डारीद्वारा जानकी मन्दिरमा पूजाअर्चना

 

बैशाख ३०, काठमाडौं । जानकी नवमीको विशेष समारोहमा सहभागी हुन जनकपुरधाम पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी मन्दिरमा विशेष पूजाआजा गरेकी छिन् । 

जानकी नवमीको अवसरमा राष्ट्रपति भण्डारीले सोमबार बिहान जनकपुर पुगेर जानकी मन्दिरको दर्शन एवम् पूजाअर्चना गरेकी हुन् । 

null

पूजा दर्शन पश्चात् उनी जानकी महोत्सव विशेष समारोहमा सहभागी हुने कार्यक्रम छ । त्यसपछि भने राष्ट्रपति भण्डारी हेलिकोप्टरबाट काठमाडौँ फर्कनछिन् । 

जानकीको जन्मोत्सवलाई भव्य तथा हर्षोल्लास पूर्वक मनाउनका लागि प्रदेश २ सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । 

 

महोत्सवमा धार्मिक प्रवचन, सांस्कृतिक प्रदर्शनी, रामायाण मेला, मंगलधुन, रामायणमा आधारित हाजिरीजवाफ लगायतका प्रतियोगिता गरिन्छ । 

जानकीको जन्म वैशाख शुक्लपक्षको नवमी तिथि मध्याह्नमा भएको धर्मशास्त्रहरूमा उल्लेख छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *