रामेछापमा मोटरसाइकल दुर्घटना: दुई जनाको मृत्यु

रामेछाप, २६ वैशाख । मन्थली नगरपालिका–९ पुरानागाउँको अँगेरीपानीबाट खुरबेशी जाँदै गरेको बा ५१ प ६३६५ नम्बरको मोटरसाइकल बुधबार साँझ दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेहरुमा खाँडादेवी गाउँपालिकाका २२ वर्षीय लोप्साङ लामा र मन्थली नगरपालिकाका पुरानागाउँका ११ वर्षीय बालक चोककुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक शेख अदालतका अनुसार लोप्साङ लामा डोजर चालक हुन् । पुरनागाउँमा सडक निर्माण गर्ने क्रममा उनी यही गाउँमा बस्दै आएका थिए । उनी सँगै त्यही गाउँका बालक चोककुमार पनि मोटरसाइकलमा बसेका थिए । कच्ची सडक र तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *