विपक्षीलाई होच्याउनु जनतालाई होच्याए सरह होः नेता सिंह

 

बैशाख २५, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ज्यानै बलिदान दिएर बनेको पार्टी भनेर चिनाउन जनजागरण अभियान सुरु गरिएको बताएका छन् । 

बुधबारबाट सुरु भएको जागरण सभालाई सम्बोधन गर्दै नेता सिंहले देशका लागि कांग्रेसले गरेका योगदानको रिफ्रेस गर्न जागरण अभियान सुरु गरिएको बताएका हुन् । 

null

कार्यक्रममा उनले भने, ‘राष्ट्रका लागि कांग्रेसले दिएको बलिदानको रिफ्रेस गर्न जागरण अभियान थालेका हौँ । सडक संघर्ष गरेर जनतालाई अधिकार दिलाउन लागि परेका छौँ ।’ 

यस्तै उनले संसदमा विपक्षीलाई होच्याउनु भनेको जनतालाई होच्याउनु सरह रहेको तर्क गरे। उनले भने, ‘संसदमै विपक्षीलाई होच्याउने ? यो त जनतालाई होच्याएको हो नि । अब यसको सशक्त विरोधका लागि कांग्रेस सशक्त हुनुपर्छ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *