एकतासँगै समाजवादी पार्टीमा कलहः कोही बाहिरिँदै त कोही नेकपा प्रवेश गर्दै !

 

बैशाख २५, काठमाडौं । औपचारिक एकता घोषणा भएको केही दिन नबित्दै समाजवादी पार्टी नेपालभित्र आन्तरिक कलह सुरु भएको छ । 

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग एकता गरेको केही दिन नबित्दै डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालका केही असन्तुष्ट पक्षका नेताहरुले छुट्टीने संकेत गरेका छन् । 

null

उक्त एकीकरणबाट असन्तुष्ट पक्षका नेताहरुले डा. भट्टराईले आफ्नो विचार त्यागेको भन्दै बैकल्पिक राजनीतिक संगठन बनाउने विषयमा छलफल गर्दैछन् । 

स्रोतका अनुसार भेलामा सहभागी केही नेताहरु सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने तयारीमा छन् भने कोही पार्टीबाट बाहिरिने तयारीमा छन् । 

नयाँ शक्ती र फोरमबीच गत सोमबार (बैशाख २३) गते पार्टी एकता भएर समाजवादी पार्टी बनेको थियो । उक्त पार्टीमा संघीय परिषद्का अध्यक्षमा डा बाबुराम भट्टराई छन् भने केन्द्रिय समतिका अध्यक्षमा उपेन्द्र यादव रहेका छन् । 

यस्तै वरिष्ठ नेता अशोककुमार राई, सहअध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ, उपाध्यक्षमा नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणु यादव, लालबाबु राउत, हिसिला यमी र हेमराज राई छन् । 

त्यसैगरी महासचिवको पद गंगानारायण श्रेष्ठ, रणध्वज कन्दवा र रामसहायप्रसाद यादवले सम्हाल्ने छन् भने उपमहासचिवमा डम्बर खतिवडा, दानबहादुर विश्वकर्मा, प्रकाश अधिकारी रहेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *