खुल्यो तातोपानी नाका

 

जेठ १५, काठमाडौं । नेपाल चीनको प्रमुख व्यापारिक नाका तातोपानी औपचारिक खुला भएको छ । 

१२ वैशाख २०७२ को विनाशकारी भूकम्पपछि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाकाको आज उद्योग, वाणिज्य तथा आपूर्तिन्त्री र चिनियाँ अधिकारीले औपचारिक रुपमा शुभारम्भ गरेका हुन् । 

null

शुभारम्भ कार्यक्रममा उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, सो क्षेत्रका सांसद अग्नी सापकोटा, शेरबहादुर तामाङ, उद्योग मन्त्रालयका अधिकारी तथा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलगायतका अधिकारीको सहभागिता रहेको थियो । 

सो क्रममा चीनबाट ऊन बोकेर आएको ४ वटा ट्रकलाई अतिसबाजीसहित रेड कार्पेटमा स्वागत गरेर नेपाल भित्र्याइएको थियो । 

नाका खुलाउने सिलसिलामा हिजो गाउँपालिकाका जनप्रतिनिधिसँग छलफलसमेत गरेकी थिइन् । 

नाका सञ्चालनका लागि चीनले लार्चास्थित भोटेकोशीको ११२ मिटर पक्की पुलका साथै ५०० रोपनी क्षेत्रमा फैलिएको अत्याधुनिक सुख्खा बन्दरगाहको निर्माण गरिदिएको छ । यसअघि सीमापुलस्थित लिपिङबाट भन्सारको काम हुँदै आएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *