सत्यमोहन जोशीको जन्मदिनमा ललितपुरमा सार्वजनिक बिदा

 

बैशाख १७, काठमाडौं । ललितपुर महानगरपालिकाले संस्कृतविद् सत्यमोहन जोशीको जन्मशताब्दीको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । 

नेपाली कला, संस्कृति र साहित्यमा योगदान गरेका जोशी वैशाख ३० गते सय वर्ष पुग्दैछन् । संस्कृतविद् जोशी सय वर्ष पुगेको अवसरमा ललितपुर महानगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरको हो । 

null

महानगरपालिकाले त्यस दिन विभिन्न कार्यक्रम पनि आयोजना गरेको छ । ३० गते बिहान रक्तदान कार्यक्रम गर्ने, साँझ दिपावली कार्यक्रम गर्ने, महानगरपालिकाभित्र स्थायी बसोबास गर्ने १०० वर्ष पूरा गरेका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने लगायतका कार्यक्रमहरु तय गरिएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *