बुटवलमा बन्ने भयो १ अर्ब लागतको प्रदर्शनी केन्द्र

 

जेठ १२, बुटवल । बुटवलमा एक अर्ब लागतमा भव्य प्रदर्शनी केन्द्र बन्ने भएको छ । 

बुटवलको रामनगरस्थित बुटवल मण्डपको ६.४ बिघा क्षेत्रफलमा एक अर्ब २ करोड लागतमा ‘बुटवल प्रदर्शनी केन्द्र’ बन्न लागेको हो । 

null

२७ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको प्रदर्शनी केन्द्र निर्माणका लागि ग्लोबल टेण्डर मार्फत् क्यापासिट इन्फ्रा प्रोजेक्ट्स–गौरी पार्वती जेभी कम्पनीले ठेक्का लिइसकेको आयोजना प्रमुख शिखर लामाले जानकारी दिए । 

उनका अनुसार प्रदर्शनी केन्द्रमा ८ सय वटा स्टलहरु रहनेछन् । एक पटकमा १० हजार जनाले अवलोकन गर्ने सक्ने ठाउँ राखेर ८ सय वटा स्टल बनाउन लागिएको हो । 

 

प्रदर्शनी केन्द्रको भुइँमा इन्टरलक सिमेन्ट टायल बिछ्याइने छ । १ लाख १० हजार वर्गफिट क्षेत्रफलमा बाल उद्यान र २० हजार वर्गफिटको क्षेत्रफलको पार्किङ स्थल बनाइनेछ भने डोजर, लोडर, गाडीलगायतका साधनहरुको प्रदर्शनीका लागि खुला स्थान पनि बनाइने छ । 

यस्तै तीन सय ५० र दुई सय ५० स्क्वायर मिटरका दुई वटा ठूला मिटिङ्ग हल पनि बन्ने छन् । 

प्रदर्शनी केन्द्र निर्माणका लागि ५ सय २५ वटा रुख काट्नुपर्ने आयोजना प्रमुख लामाले बताए । वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन गराई रुख काट्ने अनुमति समेत प्राप्त भएकको उनले जानकारी गराए । 

प्रदर्शनी केन्द्रको शिलान्यास भोलि (सोमबार) बिहान रुपन्देही क्षेत्रनम्बर २ का प्रतिनिधिसभा सदस्य एवं नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *