मुग्लिन सडकखण्ड भोलिदेखि १५ दिनसम्म बन्द हुने

 

जेठ १५, मुग्लिन । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन सडकखण्ड भोलिदेखि १५ दिनसम्म बन्द हुने भएको छ । 

चितवन र तनहुँ जोड्ने मुग्लिनस्थित त्रिशूली नदीमाथि निर्माण भइरहेको आर्कब्रिज निर्माण अन्तर्गत दुवै तर्फको पर्खालको सतह काटेर टेवा पर्खाल लगाउने र सडक कालोपत्रे गर्नका लागि जेठ १६ गतेदेखि ३० गतेसम्म बन्द गर्न लागिएको हो । 

null

मुग्लिन सडकखण्ड १५ दिनसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म र राति ९ बजेदेखि २ बजेसम्म बन्द गरिने पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर दुईले सूचना जारी गरी जानकारी गराएको हो । 

एक सय ६० मिटर लामो सो पुल पृथ्वी राजमार्गअन्तर्गत त्रिशूली नदीमा रहेको मुग्लिनको पुरानो पुल जीर्ण र कमजोर भएपछि विसं २०७१ बाट निर्माण सुरु गरिएको हो । 

सात दशमलव पाँच मिटरमा गाडी गुड्ने गरी बनाइएको पुल फुटपाथसहित ११ मिटर चौडा रहेको छ । विश्व बैंकको रु १२ करोड लागतमा यो पुल निर्माण गर्न लागिएको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *