खैरहनी नगरपालिकामा विकास निर्माणको अनुगमन

 

बैशाख २४, चितवन । खैरहनी नगरपालिकाको विकासे योजनाहरुको मंगलबार अनुगमन गरिएको छ । संघ, प्रदेश र स्थानीय सरकारबाट विनियोजित करिब १२ वटा योजनाहरुको अनुगमन गरिएको हो । 

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको नेतृत्वमा खैरहनीका मेयर लालमणि चौधरी, जिल्ला समन्वय समिति चितवनकी सदस्य गुनु सुनार, प्राविधिक र पत्रकारहरुको सयुक्त टोलीले अनुगमन गरेको थियो । खैरहनीका मेयर चौधरीले अनुगमन टोलीलाई विकासे योजनाहरुको बारे जानकारी गराएका थिए । 

null

टोलीले खैरहनीको सुर्तनीमा सांसद विकास कोषबाट निर्माण भएको कालोपत्रे, मझुईमा नगरपालिका र वडाले विनियोजित गरेको बजेटबाट निर्माण भएको ढल, खैरहनी १० कठारमा कुलो निर्माण, १० कै वुढीराप्ती खोलामा प्रदेश र नगरपालिकाको बजेटबाट निर्माणाधिन पुल, खैरहनी ५ को फसेर्नीमा निर्माण भएको कालोपत्रेको अनुगमन गरिएको हो । 

 

त्यस्तै चैनपुरचोकदेखि शिवालय चोक सम्म सडक वोर्ड र नगरपालिकाको लगानीमा मर्मत हुन लागेको बाटो, कंकाली सामुदायिक वनमा निर्माण गरिएको पार्क र भ्यु टावर, मगर सामुदायिक भवन, पटिहानी खोला पुल, खैरहनी ३ र ४ को निर्माणाधिन वडा कार्यालय भवन र खैरहनी १ मा सुकुम्वासी बस्ती व्यवस्थापनको अनुगमन गरिएको थियो । 

अनुगमन पश्चात् जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले जिल्लाका अन्य पालिका भन्दा तुलनात्मक रुपमा खैरहनीले पुर्वाधार निर्माण र कृषिमा उदाहरणीय काम गरेको प्रतिक्रिया दिए । ‘अन्य पालिकाले विकासको काम नगरेको होइन, तुलनात्मक रुपमा खैरहनीको काम प्रशंसा गर्न लायक छ’, जिसस प्रमुख डल्लाकोटीले भने । 

 

जिल्ला समन्वय समितिको टोलीले मंगलबार बिहान राप्ती नगरपालिकाको पहाडी क्षेत्रको सडकको अनुगमन समेत गरेको थियो । प्रदेश ३ का भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा सहितको टोलीले पहाडी क्षेत्रका सडकको अनुगमन गरेको हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *