भोलिदेखि नेपाल–भारत सीमा नाका बन्द हुने

 

बैशाख २६, कपिलवस्तु । नेपाल–भारत सीमा ३ दिनका लागि बन्द हुने भएको छ । 

भारतको उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने चुनावको सुरक्षालाई मध्यनजर गर्दै कपिलवस्तुको सीमा नाका तीन दिनका लागि बन्द गर्न लागिएको हो । 

null

दुई देशको सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीहरुको सहमतिमा भोलिदेखि बिहान ७ बजेबाट आइतबार साँझ ५ बजेसम्म सीमा नाका बन्द गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले जानकारी दिए । 

भारतको सिद्धार्थनगर जिल्लासँग सीमा जोडिएका कपिलवस्तु र रुपन्देही अन्तर्गतका नेपाली सीमा नाका तीन दिन बन्द गरिने छ । तर यो अवधिमा बिरामी बोकेका एम्बुलेन्स र अत्यावश्यक काममा दुवै देशका सुरक्षाकर्मीको समन्वय गरी आवत–जावत गर्ने व्यवस्था मिलाइएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *