आज बैशाख महिनाकाे अन्तिम मंगलबारः यस्ताे छ राशिफल

 

आज २०७६ साल वैशाख ३१ गते मंगलबार, तदनुसार १४ में २०१९, नेपाल संवत ११३९, वैशाखमासकोशूक्ल पक्षको दशंमी तिथी, सुर्योदय विहान ५ः१८ मा भयो भने सुर्यअस्त साँझ ६ः४४ मा हुनेछ । 

मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

null

जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । धार्मिक/सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । घरमा अतिथीको आगमन हुनेछ । 

वृषः (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 

शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । यात्रामा मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ । स्वास्थ्यमा खर्च बढ्नेछ । 

मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, हा) 

मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । 

कर्कटः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

महत्त्वपूर्ण कामको थालनी हुनेछ । लक्ष्मी प्रसन्न हुने योगछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । 

सिंहः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ । 

कन्याः (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 

लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ । सहकर्मीबाट विरोध आउला । 

तुलाः (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 

आँको काम पुरा हुनेछ । शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । 

वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । लाभदायक यात्रा होला । 

धनुः (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 

घरमा अतिथीको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहला । साथीभाइले पनि सहयोग जुटाउनेछन् । 

मकरः (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) 

बन्न लागेको काम विग्रिनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । स्वस्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । साझेदारी काममा उल्झन आउनेछ । 

कुम्भः (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 

लाभदायक यात्रा हुनेछ । ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । 

मीनः (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 

धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्घ हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 13 =