बाटो खन्दै गरेको स्काभेटर कर्णाली नदीमा खस्यो

 

बैशाख १७, हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–५ मा सडक खन्ने क्रममा मंगलबार स्काभेटर कर्णाली नदीमा खसेको छ। खार्पुनाथ–५ स्थित कर्णाली नदीको घुम्ने भिर नजिकैबाट स्काभेटर खसेको हो। 

स्काभेटर चालकलाई उद्धार गरी खार्पुनाथ गाउँपालिकामा रहेको स्वास्थ्यचौकीमा प्राथमिक उपचार पछि थप उपचारका लागि जिल्ला अस्पताल पठाइएको सोही गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रवीर शाहीले जानकारी दिए। 

null

स्काभेटर नदीमा डुबेकाले निकाल्न नसकिएको उनको भनाइ थियो। चालक बुढाको छाती, मेरुदण्ड र टाउकोमा सामान्य चोट लागेको बताइएको छ। रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *