२३ औँ पटक सगरमाथा आरोहण गर्दै कामिरिताले तोडे आफ्नै कीर्तिमान

 

जेठ १, काठमाडौं । कामिरिता शेर्पाले २३ औँ पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व किर्तिमान कायम गरेका छन् । 

सोलुखुम्बुका थामे निवासी ४९ वर्षीय शेर्पाले आज (बुधबार) बिहान ७ः५० बजे २३ औँ पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान राखेका हुन् । 

null

उनले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान सुधार गरेका हुन्। 

कामीरिता शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत् आरोहण गरेका हुन् । 

सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका शेर्पाले २५ पटक चुचुरोमा टेकेपछि विश्राम लिने बताएका छन्। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *