सनराइज बैंक लिमिटेडको गठ्ठाघरको चारदोबाटोमा शाखा विस्तार

 

जेठ ८,काठमाडौं । आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले सनराइज बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको छ । 

यसै क्रममा भक्तपुर स्थित गठ्ठाघरको चारदोबाटोमा यस बैंकले आफ्नो शाखा संचालनमा ल्याएको छ । बुधबार आयोजित औपचारिक कार्यक्रममा नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला, बैकका संचालक  दिपक नेपाल र बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रूपमा शाखाको उद्घाटन गरे । 

null

सो कार्यक्रममा बैंकका नायव महाप्रबन्धक  अपछ कुमार यादव लगायत बैंकका उच्च पदाधिकारीहरू को उपस्थिति रहेको थियो । 

यो समेत गरी बैंकको शाखा संख्या १०६ वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर २९ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२१ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *