नर्सिङ दिवसमा अनाथ बालबालिकाको स्वास्थ्य जाँच

बैशाख २९, सुनसरी । १९९ औं अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा, धरान स्थित वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान अन्तर्गत नेपाल नर्सिङ संघले निःशूल्क स्वास्थ्य शिविर सम्पन्न गरेका छन् । 

धरान–३ स्थित सरस्वती बाल आश्रममा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरिएकोे धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत नेपाल नर्सिङ संघका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । 

 

null

उक्त शिविरमा बालरोग विशेषज्ञ डा.अरुण कुमार सिंहका साथै नेपाल नर्सिङ संघ प्रतिष्ठानका अध्यक्ष उपेन्द्र यादव, सचिब कृति चौधरी, सदस्यहरु पन्ना राई, जमुना भुर्तेल, बिनिता तामाङ, आरती सुब्बा लगायत मास्टर नर्सिङ बाल विभाग, प्रथम वर्षका छात्राहरु तथा सरस्वती बाल आश्रमकी अध्यक्ष नैनकला न्यौपाने, प्रथम उपाध्यक्ष दान बहादुर राई, महासचिव मनिष खड्गी, कोषाध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ लगायत सदस्यहरुको समेत सहभागिता थियो । 

उक्त कार्यक्रममा त्यस बाल आश्रममा रहेका २४ बालबालिका लाई स्वास्थ्य परिक्षणसँगै स्वास्थ्य शिक्षा पनि दिइएको थियो । जसमा बालिकाहरुलाई महिनावारी स्वस्छ्ता र बालकहरुलाई शारीरिक स्वछ्ताको बारे शिक्षा दिइएको थियो । 

त्यसैगरी नर्सिङ संघले बालआश्रमका बालबालिकाहरुका लागि दैनिक उपयोगी सामान नुहाउने र लुगा धुने साबुन, सेम्पु, औषधि, वेटाडिन, स्यानिटरी प्याड लगायतका सामग्री प्रदान गरेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *