मुलुकभर डढेलोको प्रकोप, यो साता वर्षकै सबैभन्दा बढी

काठमाडौं, ३० वैशाख । सरकारले डढेलो नियन्त्रणका लागि प्रत्येक वर्ष करोडौं बजेट खर्च गरिरहेको छ । तर, यसको प्रभावकारिता देखिएको छैन । अत्यधिक गर्मी, लामो खडेरी, उच्च वेगको हावाहुरीलगायत कारणले दिनहुँ हजारभन्दा बढीको संख्यामा डढेलो लागिरहेको छ । यो साता मुलुकभर डढेलोको प्रभाव बढी भएको पाइएको छ । यो वर्षकै सबैभन्दा बढी डढेलो लागेको साताका रूपमा २३ देखि २९ वैशाखलाई लिइएको छ । 

शनिबारदेखि मौसममा केही फेरबदल भएर वन डढेलोमा केही कमी आउने आशा गरे पनि आइतबार मात्र १ हजार १९ स्थानमा डढेलो लागेको तथ्यांक छ । वन डढेलो व्यवस्थापन च्याप्टरले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार ६ सय ६० स्थानमा डढेलो लागेको भए पनि आइतबार अत्यधिक क्षेत्रमा डढेलो लागेको थियो । शुक्रबार मुलुकभर २ हजार चार स्थानमा वन डढेलो लागेको थियो भने गत बिहीबार १ हजार ६ सय ७० स्थानमा डढेलो लागेको पाइएको छ । 

चैत, वैशाख र जेठलाई सबैभन्दा बढी डढेलो लाग्ने समयका रूपमा लिइन्छ । तर, सरकारले यस विषयमा संवेदनशील भएर नीतिगत व्यवस्था गरेको पाइँदैन । त्यसैले निकै प्रयास गरेर जोगाइएका रुखबिरुवा क्षणभरमै खरानी हुँदै आएको छ । नासाको स्याटलाइटले दिएको तथ्यांकअनुसार गत बुधबार १ हजार ७ सय ४३ स्थानमा वन डढेलो लागेको थियो भने गत मंगलबार नौ सय स्थानमा डढेलो लागेको थियो । यस्तै, एक साताअघि सोमबारको दिन ७ सय ९८ स्थानमा वन डढेलो लागेको तथ्यांक नासाले सार्वजनिक गरेको हो । 

null

 

चुरे, तराई तथा मध्यपहाडी जिल्लासँगै मुलुकको पूर्वी क्षेत्रमा बुधबार डढेलो लागेको पाइएको छ । धेरै जिल्लाका वनमा लागिरहेको डढेलो रोकिएको छैन । डढेलो नियन्त्रणका लागि वन तथा वातावरण मन्त्रालयले उचित कदम नचालेको आरोप छ । राष्ट्रिय र सामुदायिक वनमा डढेलोले विकराल रूप लिए पनि नेपालमा डढेलो नियन्त्रण गर्ने प्रविधिको विकास नभएको सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले बताइन् । 

‘सचेतना कार्यक्रम भए पनि डढेलो नियन्त्रणको दीघकालीन नीति र विधि बनेको छैन । प्रविधि भिœयाउनेतर्फ चासो कम भएको हो कि ?’ उनले भनिन् । सरकारले हरेक वर्ष डढेलो रोकथामका लागि बजेट छुट्याए पनि सभा सम्मेलनमा त्यो बजेट सकिने तर वन जंगलमा डढेलो नियन्त्रण नरोकिने परम्परा विगतका वर्षदेखि नै यथावत् छ । नेपाल वन डढेलो व्यवस्थापन च्याप्टरले नासाको तथ्यांकलाई आधार मानी मुलुकभर डढेलोको घटना बढी भएको जनाएको छ । उसले गत पुस– माघदेखि नै वन डढेलोको अनुगमन गरिरहेको छ । 

सरकारले १ देखि ७ चैतसम्म कर्मकाण्डी रूपमा डढेलो सप्ताह मनायो । डढेलो रोकथामका लागि यसका कारण पत्ता लगाएर त्यसमा नियन्त्रण गर्नुपर्ने विज्ञ सुन्दर शर्मा बताउँछन् । ‘हावामा अक्सिजन २१ प्रतिशत, नाइट्रोजन ७८ र अरु ग्यास १ प्रतिशत जति हुन्छन् । आगो लाग्नलाई अक्सिजन आवश्यक पर्दछ,’ विज्ञ शर्माले भने, ‘यी तीन चीज भएपछि जहाँ पनि जहिले पनि आगो लाग्छ । वनमा लागे वन डढेलो र वस्तीमा लागे आगलागी ।’ 

उनका अनुसार मानिसको हेलचेक्र्याइँले २२ प्रतिशत डढेलो लागेको छ भने २० प्रतिशत आकस्मिक डढेलो लागेको पाइएको छ । नेपालमा लाग्ने वन डेढेलोका ८० प्रतिशत कारण मानवीय नै भएको उनको तर्क छ । डढेलो नै वनको विनाशको प्रमुख कारक बनेर अगाडि आएको छ । ग्रामीण बस्तीका मानिसले वनमा घाँसको नयाँ पालुवा पलाउँछ भनेर लगाएको आगो अनियन्त्रित भई सारा जंगलमा फैलिन गई लागेको डढेलो नै वन र जैविक विविधताको शत्रु बन्न पुगेको विज्ञहरु बताउँछन् । 

पछिल्लो समयमा जलवायु परिवर्तन वन डढेलोको उत्प्रेरक बनेर आएको छ । नेपालमा औसतमा शून्य दशमलव शून्य ६ डिग्री सेल्सियसको दरले पृथ्वीको सतहको तापक्रम बढ्दै गएको छ । यसले गर्दा आद्र्रता र वर्षाको कमी हुन गएको छ । पानीका मुहान सुकेका छन् । सतह बढी तातेको कारण प्रज्वलनशील वस्तुको प्रचुरता बढ्न गएको छ । आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *