बस्तुशास्त्रले भन्छ बेडरुममा यी चिजहरु राख्दा नकरात्मक उर्जा पैदा हुन्छ

जेठ ५। मानिसले जानेर होस् या अन्जानमा धेरै गल्तीहरु गरिरहेका हुन्छन् । कति कुराहरु हामी थाहा पाएर पनि बुझपचार गछौँ भने कती कुराहरु थाहा नपाएर अन्जानमा गर्ने गछौँ । जस्तै बेडरुमको कुरा गर्दा बेडरुम एउटा यस्तो चिज हो जहाँ हामी दिनभरीको थकान निद्रामा मेटाउन सक्छौँ, जहाँ हामीलाई शान्ति मिल्छ । तर त्यही बेडरुममा हामीले जानेर होस् या नजानेर धेरै बस्तुहरु राख्ने गछौँ तर बस्तुशास्त्रले भन्छ बेडरुममा केही यस्ता चिज कहिल्यै नराख्नुहोस् जसले नकरात्मक उर्जा पैदा गर्दछ । ती बस्तुहरु के–के तल बताईएको छ ।
– सिरानी माथि पर्ने गरी कुनै पनि किसिमका तेल राखेर सुत्नु हुँदैन । यसले विभिन्न समस्या उत्पन्न गराउछ
null
– सुत्ने बेलामा जुत्ता चप्पल सिरानी माथि अथवा खुट्टा मुनि राख्नु हुँदैन । शयन कक्षमा जुत्ता चप्पल नराख्दा शुभ हुन्छ ।
– मोवाइल,ल्यापटप जस्ता सामग्रीहरु सिरानी माथि राखेर सुत्नु हुँदैन । यी सामाग्री राहुँसंग सम्बन्धित हुँने हुँदा यसले राहुँदोष उत्पन्न गर्छ ।
– आफ्नो अगाडी ऐना पर्ने गरी कहिले सुत्नु हुँदैन । यसले रोग निम्त्याउँछ साथै दम्पत्तीबीच कलह भैरहन्छ ।
– सुत्ने बेलामा कहिले पनि सिरानी तर्फ पानी पानी राख्नु हुँदैन । यसले चन्द्रमा प्रभावित हुँने र मनोरोग पैदा गर्छ








