सीताको सिउँदोमा सिन्दुर भर्दै प्रचण्ड

 

                                                                      फाइल तस्विर 

बैशाख २६, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनकी धर्मपत्नी सीता पौडेल दाहालबीच पुनः विवाह हुँदैछ । 

null

विवाह भएको ५० वर्ष पुगेको अवसरमा बिहीबार प्रचण्डले पत्नी सीताको सिउँदोमा पुनः सिन्दुर हालेर विवाह गर्ने कार्यक्रम छ । विवाह कार्यक्रम आज बेलुकी ५ बजे हुने तय भएको छ । 

प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो । स्रोतका अनुसार पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बिग्रदैँ गएका कारण पुनः विवाह गर्न लागिएको हो । 

विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *