७४ वर्षीया वृद्धाको सिक्री लुटियो

 

जेठ १, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका–९ निलोपुलस्ति एक वृद्धाको घाँटीबाट सुनको सिक्री लुटिएको छ । 

मंगलबार साँझ सोही स्थान बस्ने ७४ वर्षीया उषा विष्टको करिब २ तोलाको सुनको सिक्री लुटपाट भएको हो । 

null

निलो पुलस्थित तरकारी बजारमा तरकारी किनिरहेकी विष्टको घाँटीबाट स्कुटरमा आएका अज्ञात २ व्यक्ति सिक्री लुटेर फरार भएका हुन् । 

लुटपाटमा संलग्न फरार व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *