प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेस रुष्ट, संसद स्थगित

 

बैशाख २४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबारको प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको छ । 

सरकारको आगामी नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रम ओलीले प्रश्‍नहरुलाई आक्रोश, निम्सरा र कुण्ठाग्रस्त भनेपछि प्रतिपक्षी कांग्रेसले संसद अवरुद्ध गरेको हो । 

null

नीति तथा कार्यक्रममाथि उठेको समग्र प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएपछि प्रतिप्रश्नको समय दिइएको थियो। उक्त अवधिमा सांसदहरुले प्रश्न राखेका थिए। 

उक्त प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले शुरुमै आक्रोश, कुण्ठा र निम्छारा अभिव्यक्तिको वास्ता आफूले नगर्ने बताएपछि प्रतिपक्षी आक्रोशित बनेको हो । यद्यपि, प्रधानमन्त्री ओलीले अवरुद्धकै बीच जवाफ दिएर आफ्नो काम टुंग्याएका छन्। 

अहिले विपक्षी दलका सांसदहरुले आफ्नो ठाउँबाट उठेर संसद अवरोध गरिरहेका छन्। प्रतिनिधिसभाको अर्को बैठक बैशाख २७ गते बिहान ११ बजे बस्‍नेगरी स्थगित गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *