रूखबाट निरन्तर पानी तप्किन थालेपछी

बैशाख ३१ ।  गएको शुक्रबार अस्ट्रेलियाको पर्थमा अचम्मको घटना भयो। पर्थको बाहिरी भागमा पर्ने एक स्थानमा एउटा रूखबाट निरन्तर पानी तप्किन थाल्यो। युकालिप्टस अर्थात् मसलाको रूखबाट यसरी पानी तप्किँदा धेरैले यसलाई रूख रोएको ठाने। 

 

यसलाई ईश्वरको चमत्कार ठानी रूखको फेदमा सयौँले प्रार्थना गरे। ‘रोइरहेको’ रूखलाई ‘यौवनको झरना’ समेत ठानियो। पाश्चात्य साहित्यमा यौवनको झरना भन्ने मिथक प्रचलित छ। यौवनको झरनामा नुहाएपछि व्यक्तिले पुनः जवानी प्राप्त गर्छ भन्ने किंवदन्ती छ। 

null

गत शुक्रबार, शनिबार र आइतबारसम्म त्यो रूखबाट पानी तप्किरहेपछि यो चमत्कारभन्दा पनि अर्थाेकै केही थियो कि भन्ने संशय गर्न थालियो। 

धार्मिक प्रवृत्तिका केही मान्छेले त रूखको ‘आँशु’मा नुहाए पनि। तर, पश्चिम अस्ट्रेलियाको खानेपानी विभागले अनुसन्धान गरेपछि भने रहस्य खुल्यो। 

विभागका कर्मचारीले मसलाको रूखको जरामा खानेपानीको पाइप फुटेर रूखबाट पानी तप्किरहेको पत्ता लगाए। रूखको खोक्रो काण्डमा पानी भरिएको थियो। यसरी रूख रुन पुगेको थियो। तर, चमत्कारमा छिट्टै विश्वास गर्ने मान्छेका लागि यो घटना ईश्वरकै देन थियो। 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *