नगरपालिकाको कार्यालयमा बम विस्फाेट, सरकारी गाडी पूर्ण रुपमा नष्ट

अछाम, १ जेठ । अछामको जिल्लाको मंगलशेन नगरपालिको कार्यालयमा मध्यराती अज्ञात समुहले बम विस्पोट गराउनुका साथै गाडिमा आगजनी गरेका छन् । आगजनीबाट नगरपालिकाको बा २ झ ३६९४ नम्बरको कार पूर्ण रुपमा नष्ट भएको छ । 

 

राती करिब २:०० बजेको समयमा एक्कासी एउटा ठुलो आवाज आयो र कार्यालयमा आगलागी भएको स्थानिय बासीले बताएका छन् । घटना कस्ले र किन गराएको हो भन्ने कुरा अझै खुल्न सकेको छैन । 

null

जिल्लाको बीच बजारमा अवस्थित नगरपालिकाको कार्यालयमा यस्तो घट्ना घट्दा सर्वसाधारणमा त्रासको वातावरण शिर्जना भएको छ । घटना स्थलबाट वडा प्रहरी कार्यालय लगभग १५० मिटरको दुरीमा अवस्थित छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *