एसपी राठौरको एक वर्षे चितवन बसाईंमा के–के भए ?

 

जेठ १५, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले विगत एक वर्षको कार्य प्रगति सार्वजनिक गरेको छ । 

चितवनका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) शुशिल सिंह राठौरले कार्यभार सम्हालेदेखी हालसम्मको प्रगति विवरण सार्वजनिक गरिएको हो । 

null

एक वर्षको अवधिमा जिल्लाको विभिन्न स्थानमा प्रहरी कार्यालयको स्थापनादेखि अन्र्तराष्ट्रिय कलवाईपास गर्ने पक्राउ सम्मको उपलब्धी हासिल गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

गत वर्षको जेठ ४ गतेदेखि जिल्लामा आपराधिक क्रियाकलापमा संलग्न तथा समाजमा विकृती विसंगति फैलाउने ४ हजार १७ जनालाई नियन्त्रणमा लिइएको र १ हजार २०३ जनालाई विभिन्न शीर्षकमा मुद्दा चलाइएको र बाँकीलाई परिवारको जिम्मा लगाइएको छ । 

त्यसैगरी गुण्डागर्दीमा सलग्न ११७ जनालाई पक्राउ गरी कानुनी कारवाही गरिएको छ । चितवनको राप्ती नगरपालिकाको पहाडी वडाहरुमा अवैध रुपमा गरिएको करिब १४ विगाहा गाँजाखेती नष्ट गरिएको प्रहरीले जनाएको छ । विभिन्न अपराधमा सलग्न भई फरार रहेका ३९ जना अभियुक्तलाई पक्राउ गरि आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा तथा सम्वन्धीत निकायको जिम्मा लगाइएको छ । 

 

जिल्ला प्रहरी कार्यालय चितवनले लोपान्मुख अवस्थामा रहेको सालक र त्यसको तस्करमा संलग्न २ जनालाई पक्राउ गरि जिल्ला वन कार्यालयमा बुझाइएको पनि जानकारी दिइएको छ । यही अवधिमा मृगौला तस्कर गर्ने गिरोह नै पक्राउ गरिएको थियो । 

विगत केही समयदेखि चितवन जिल्लाको बिभिन्न स्थानमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास सञ्चालन गर्नका लागी गैरकानुनी उपकरणहरु राखी गैह्रकानुनी रुपमा सञ्चालन भइरहेको भन्ने सूचनाको आधारमा केन्द्रिय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएका संयुक्त टोलीले संलग्न व्यक्तिहरुको खोजतलास गर्ने क्रममा जिल्ला रुपन्देही तिलोत्तमा न.पा.वडा नं.११ बस्ने बर्ष ३१ को बिजय गुरुङ र जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.२२ बस्ने बर्ष २२ को सुनिल अधिकारीले भरतपुर म.न.पा.वडा नं.१० रिजालचोक नजिकमा रहेको नारायण पौडेलको घरमा कोठा भाडामा लिई उपकरणहरु राखी अन्तर्रा्ष्ट्रिय आगमन कल बाईपास सञ्चालन गरीरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको थियो । 

उक्त कार्यमा जिल्ला रुपन्देही तिलोत्तमा न.पा.वडा नं.११ बस्ने बर्ष ३२ को मिन प्रसाद रिजालको संलग्न रहेको भन्ने खुलेकाले उनलाई बुटवलबाट पक्राउ गरी दुरसञ्चार ऐन अन्तर्गत कारवाही समेत गरिएको छ । 

एक वर्षको अवधिमा जरवजस्ती करणीका ४४ वटा मुद्दा दर्ता भएकोमा त्यस्तो अपराधमा संलग्न ४५ जनालाई पक्राउ गरिएको छ । विभिन्न संघसंस्थासँग चन्दा माग्ने, स्थानिय जनताहरुलाई धाकधम्की दिने, आगजनी गर्ने, बिष्फोटन गराउने तथा अराजक स्थित सिर्जना गराई जिल्लामा अशान्ती फैलाउने नेपाल कम्युनिष्ट पार्टी (बिप्लव समूह) का १३ जना कार्यकर्ताहरूलाई पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अनर्गत मुद्दा चलाईएको थियो । 

२०७५ फागुन २ गते राती भरतपुर महानगरपालिका वडा नं.५ को कार्यालयमा भएको बम बिष्फोटको घटनामा संलग्न १८ जना उपर मुद्दा दायर गरिएको थियो जसमध्ये ६ जनालाई पक्राउ गरी अदालत बुझाइएको छ । 

एसपी राठौरको एक वर्षे अवधिमा पटिहानीमा पर्यटक प्रहरीको स्थापना गरीएको, पर्यटक प्रहरी कार्यालय सौराहाको लागी गस्ती पट्रोलिङ गर्न ७ वटा मोटरसाईकल निकाशा भई आएको, पटिहानीमा पर्यटक प्रहरी चौकीको स्थापना भई गस्ती पेट्रोलिङको लागी ६ वटा मोटरसाईकल निकाशा भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *