दाङमा आगलागी हुँदा ५० लाख ९० हजार बराबरको क्षति

बैशाख २६, बुटवल । दाङ जिल्लाकोे बिभिन्न दुई स्थानमा आगलागी हुँदा रु. ५० लाख ९० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।  

 

जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १ को दुई स्थानमा आलगागी भएको प्रहरीले जनाएको छ । वडा नम्बर १ को तल्लो माले र सिरुखर्कका गाउँमा जंगलबाट सुरु भएको आगोले २० घरगोठ जलि नष्ट भई ५० लाख ९० हजार क्षति भएको हो । 

null

गोराखे वन क्षेत्रबाट आएको आगोले सल्लीबोट सामुदायीक तल्लो मालेका ६ घर र २ गोठ पूर्णरुपले जरेर नष्ट भएको छ । यसरी घरगोठ जल्दा तल्लो मालेका चुमानसिंह बिष्ट करिब ६ लाख रुपैयाँ बराबरको धनजनको क्षति भएको छ भने सोही स्थानमा बस्ने गोमबहादुर घर्तीकोको घरमा आगलागी हुँदा ११ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । 

जिल्ला प्रहरी कार्यालय दाङले अर्का स्थानिय टुकलाल घर्तीको घरमा समेत आगलागी हुँदा ७ लाख क्षति भएको र श्यामलाल बिष्टको घरगोठ जल्दा ७ लाख बराबरको क्षेती भएकाे जनाएकाे छ । त्यसैगरी सोही वडाकै सिरुखर्कमा पनि जंगलमा लागेको आगो गाउँमा पस्दा एउटा घर गोठ जलेर खरानी भएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *