बटुवा, यात्रुलाई सातु र सर्वतपानी

 

बैशाख २४, चितवन । चितवनको राप्ती नगरपालिकाको भण्डारा चोकमा मंगलबार बटुवा र यात्रुहरुलाई जौको सातु र सर्वतपानी खुवाइएको छ । 

हिन्दुहरुको चार्ड अक्षय तृतियाको अवसरमा विश्व हिन्दु महासंघ नेपाल राप्ती नगरपालिका नगर समितिले सातु र सर्वत खुवाएको हो । 

null

पूर्वपश्चिम राजमार्ग अन्र्तगत राप्ती ५ भण्डारा चोकमा एक कार्यक्रमको आयोजना गरि महिला समितिले बटुवा तथा सवारी साधनमा यात्रारत् यात्रुहरुलाई सर्वत खुवाएको विश्व हिन्दु महासंघ नेपाल राप्ती नगरपालिका नगर समितिकी अध्यक्ष अनिता खरेलले जानकारी दिइन् । 

 

नेपालीहरुको चार्डलाई संरक्षण र सम्र्वद्धन गर्ने उद्देश्यले कार्यक्रम नै गरेर सातु र सर्वत वितरण गरिएको उनले बताइन् । 

कार्यक्रममा राप्ती नगरपालिका प्रमुख प्रभा बराल, उपप्रमुख इमानसिंह लामा, प्रमुख प्रशासकीय अधिकृत मिठाराम हुमागाईं, कार्यपालिका सदस्य पुष्पा कुँवर लगायत स्थानीयको उपस्थिति रहेको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *