को बन्छ करोडपतिको पहिलो सिजनमै राजिवले जिते १ करोड

 

बैशाख २९, काठमाडाैं । एपी वान टेलिभिजनबाट प्रशारित को बन्छ करोडपतिको ४१ औं श्रृंखलामा राजिव जैनले १ कराेड जितेका छन् । विराटनगरका जैनले आइतबार प्रशारित कार्यक्रममा १५ औं प्रश्न मिलाउँदै १ कराेड जितेका हुन् । ब्यापारीक पृष्ठभूमिका जैनले को बन्छ करोडपतिको श्रृंखलामा पहिलो पल्ट १ कराेड जितेका हुन् । 

 

null

शनिबार प्रशारित एपिसोडमा उनी १३ औं प्रश्नकाे उत्तर दिएर २५ लाख जितेका थिए । आज आइतबार अन्तिम २ वटा प्रश्नकाे उत्तर मिलाउँदै उनी विजेता भएका हुन् । उनलाइ अन्तिम प्रश्नका रूपमा २००७ सालकाे प्रजातन्त्र पछिकाे पहिलाे ऐतिहासिक चुनावकाे घाेषणा कहिले गरिएकाे थियाे ? भन्ने प्रश्न साेधिएकाे थियाे । उनले उक्त प्रश्नकाे जवाफ मिलाउदै १ कराेड जितेका हुन् । कार्यक्रमले आफ्नो पहिलो सिजनमै बहुप्रतिक्षित करोडपति पाएको एसआरविएन मिडियाले यस अघि नै विज्ञप्ति जारी गर्दै जनाइसकेको छ । 

विद्यार्थी जिवनमा राजिव सानैदेखि बाहिरी ज्ञानमा रुचि राख्दथे । दिल्ली विश्वविद्यालयबाट एमविए गरेका राजिवले दिल्लीमै रहँदा कौन बनेगा करोडपतिमा सहभागी हुन खोजेका थिए । उनलाई कौन बनेगा करोडपतिबाट कल आएपनि टप १० मा भने पर्न सकेका थिएनन् । 

४३ वर्षिय राजिव विगत १० वर्षदेखि सानेपा ललितपुरमा बस्दै आएका छन् । अरनिको बोर्डिङ स्कुल विराटनगरबाट एसएलसीमा मोरङ जिल्ला टप गरेका राजिवले महेन्द्र मोरङ क्याम्पसमा स्कलरसिप पाएका थिए । त्यसयता एमविए गर्दा सम्म उनले स्करशिप पाएका छन् । 

क्रिकेट, फुटवलमा उनको रुचि छ । क्रिकेटमा उनले राष्ट्रिय स्तरको प्रतियोगिता समेत खेलेका छन् । उनी विद्यालय तहबाटै क्विजमा सहभागी हुँदै विजयी भएका छन् । को बन्छ करोडपति एपिवान टेलिभिजनमा हरेक शनिवार, आइतवार र सोमबार सांझ ८ः३० बजे प्रशारण भइरहेको छ । यस्तै केविसि नेपालको युट्युब च्यानल तथा हाम्रो पात्रो एपमा तथा केविसि नेपालको युट्युब च्यानलमा कार्यक्रम हेर्न सकिन्छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *