महालक्ष्मी लाईफ इन्सुरेन्ससँग संस्थागत अभिकर्ता संझौता

बैशाख २२, काठमाडाैँ ।  कामना सेवा विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबिच आज संस्थागत अभिकर्ता सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

 

यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ८३ वटै शाखाहरुबाट सहज रुपमा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् । सम्झौतासँगै बैंकको व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ । 

null

सम्झौतापत्रमा कामना सेवा बिकस बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  रमेश कुमार भट्टराईले हस्ताक्षर गरेका छन् । 

काठमाण्डौ- ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशको विभिन्न भागहरुमा ८३ वटा शाखा तथा ३७ वटा ATM मार्फत ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आइरहेकाे छ । साथै बैंकले ABBS, Internet Banking, Mobile Banking C- ASBA, लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउदैँ आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *