विद्यार्थीले विद्यार्थीलाईनै बाँडे शैक्षिक सामाग्री

वैशाख २९ चितवन । चितवनको विकट पहाडी क्षेत्र कालिका नगरपालिका ९ कोलारमा रहेको महाकाली आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शनिवार शैक्षिक सामाग्री वितरण गरिएको छ । 

 

रत्ननगर ४ स्थित वुद्धज्योती ईग्लीस स्कुलका विद्यार्थीहरुले महाकाली आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेका हुन् । सो विद्यालयमा सिमान्तकृत चेपाङ्ग समुदायको वाहुलियता रहेको छ । 

null

यस विद्यालयमा हाल कक्षा ४ सम्म पठनपाठन हुँदै आएको छ । वुद्धज्योति ईग्लीस स्कुलमा स्थावित विद्यार्थी जन्मउत्सव कोष र विद्यालयको केही रकमले सामुदायिक विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको वुद्धज्योतीका प्राचार्य वैकुण्ठ मरहठ्ठाले जानकारी दिए । 

प्राचार्य मरहठ्ठाको अध्यक्षतामा भएको कार्यक्रममा महाकाली विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष जय वहादुर प्रजा, वुद्धज्योती ईग्लीस स्कुलका विधार्थी अभिभावक संघका अध्यक्ष वासु सापकोटा, लायन्स कल्व अफ चितवन राईनो सिटिका अध्यक्ष ओमलाल सापकोटा , महाकाली आधारभुत विधालयलाकी प्रध्यानध्यापक शान्ती थापा मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *