सुई लगाउँदा डेढ वर्षिय बालकको मृत्यु भएपछी चौधरी पक्राउ

 

जेठ ७, दाङ । दाङमा उपचारको क्रममा एक डेढ वर्षिय बालकलाई सुई लगाउँदा उनको मृत्यु भएपछी मेडिकल संचालक पक्राउ परेको इलाका प्रहरी कार्यालय गढवा जनाएको छ । 

पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नम्बर १ पुतली बजारमा युनिक मेडिकल हल सञ्चालक चेतराम चौधरी रहेको प्रहरी प्रमुख गिरीराज भण्डारीले जानकारी दिएका छन् । 

null

भण्डारीका अनुसार ‘निमोनिया भएर उपचारको लागि उक्त मेडिकल गगिएको र त्यहाँ मेडिकल सञ्चालकले सुई लगाएपछि बालक झ्न बिरामी भएपछि भालुबाङ्ग उपचार लगिउको त्यहाँ उपचार सम्भव नहुँदा बुटवल लैजादै गर्दा बाटोमा बालकको मृत्यु भएको थियो । 

मृत्यु हुने बालक अर्घाखाँची शितगंगा नगरपालिका साप्पमाराका सरिता कुमालका १८ छोरा शुसान्त रहेको छ । उपचारमा लापरबाही गर्ने उक्त मेडिकल संचालकलाई पक्राउ गरिसकिएको प्रहरी प्रमुख भण्डारीले जानकारी दिए । 

पक्राउ परेका संचालक चौधरीमाथी थप अनुसन्धान भईरहको र उनको बिरुद्धमा इलाज सम्बन्धी कसुरमा मुद्दा दर्ता भईसकेको प्रहरीले जनाएको छ । 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *