कर्मचारी भर्ना गर्नसक्ने गरि प्रदेश ५ मा लोकसेवा आयोग गठन

 बैशाख १९, बुटवल । कर्मचारी भर्ना गर्नसक्ने गरि प्रदेश ५ सरकारले प्रदेश लोकसेवा आयोग गठनको तयारी सुरु गरेको छ । संघीय सरकारले प्रदेश लोकसेवा आयोगसम्बन्धी कानुन निर्माण नगर्दा रोकिएको विधेयक पुनः प्रदेश सभामा पेश भएर छलफलको क्रममा रहेकाे छ । 

 

कानुन मन्त्री कुलप्रसाद केसीले पेश गरेको लोकसेवा आयोग गठन, काम कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश मामिला तथा कानुन समितिमा दफावार छलफल गरिरहेको छ । 

null

प्रदेश सरकारले चालु अधिवेशनमै लोकसेवा आयोगसम्बन्धी विधेयक पास गरेर आगामी आर्थिक वर्षमा प्रदेश कर्मचारी भर्ना गर्ने तयारी रहेको छ सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले भने , ‘अब विधेयक पारित भएपछि आवश्यक कर्मचारी भर्ना आयोगबाटै हुन्छ, अहिलेको कर्मचारी समस्या समेत समाधान हुन्छ ।’ 

प्रदेश लोकसेवा आयोगले लोकसेवा आयोग सम्बन्धी विधेयक प्रदेश सभाबाट पारित तथा प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि प्रदेश निजामती सेवा, प्रदेशका अन्य सरकारी सेवा, प्रदेश संगठित संस्थाको सेवा र स्थानीय सेवाको पदमा कर्मचारी नियुक्तिका लागि आयोगले परीक्षा संचालन गर्नेछ । 

लोकसेवा आयोगले लिखित परीक्षासँगै प्रदेशको प्रयोगात्मक परीक्षा, अन्तरवार्ता र आयोगले तोकेको तरिका मध्ये कम्तीमा एक विधि प्रयोग गर्नुपर्नेछ । प्रदेश लोक सेवा आयोगले प्रदेश प्रहरी सेवाको पदपूर्ति गर्न लिखित परीक्षा लिने व्यवस्था पनि विधेयकमा उल्लेख गरिएको छ । 

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *