समाजवादी पार्टीले प्रदेश २ मा चयन गर्यो तीन पदाधिकारी

 

१० जेठ, जनकपुरधाम । समाजवादी पार्टी नेपालले प्रदेश २ को समितिमा ३ पदाधिकारी चयन गरेको छ । 

पार्टीको बैठकले पहिलो चरणमा उपाध्यक्षमा सर्लाहीका रामप्रित पासवान, मुख्य सचिवमा सप्तरीका शम्भु झा र कोषाध्यक्षमा सिरहाकी रेणु यादव चयन गरेको हो । 

null

डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पाटी र उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमबीच बैशाख २३ गते एकता भइ समाजवादी पार्टी बनेको हो । 

समाजवादीको संघीय परिषद्का अध्यक्षमा डा बाबुराम भट्टराई छन् भने केन्द्रिय समतिका अध्यक्षमा उपेन्द्र यादव रहेका छन् । 

यस्तै वरिष्ठ नेता अशोककुमार राई, सहअध्यक्षमा राजेन्द्रप्रसाद श्रेष्ठ, उपाध्यक्षमा नवराज सुवेदी, परशुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, रेणु यादव, लालबाबु राउत, हिसिला यमी र हेमराज राई रहेका छन् । 

मोहम्बद इस्तियाक राई, दुर्गा सोब, परशुराम बस्नेत र प्रशान्त सिंहले सचिवको जिम्मेवारी पाएका छन् भने कोषाध्यक्षमा विजयकुमार यादव रहेका छन् ।पार्टीले जेठ ११ देखि देशका प्रमुख ८ सहरहरुः काठमाडौं, विराटनगर, जनकपुर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, सुर्खेत र पोखरामा विशेष कार्यक्रम गर्ने पनि घोषणा गरिसकेको छ । 

जेठ ११ गतेदेखि २५ गतेसम्म चल्ने कार्यक्रम मोरङको विराटनगरबाट सुरु हुनेछ भने पोखरामा समापन गरिने पार्टीका सचिव प्रकाश अधिकारीले यसअघि नै जानकारी दिइसकेका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =