काठमाडौं-रुम्जाटार-विराटनगर नियमित उडान आजदेखि

 

जेठ १७, काठमाडौं । आजदेखि काठमाडौं–रुम्जाटार–विराटनगर नियमित उडान हुने भएको छ । 

रुम्जाटार विमानस्थल करिब ३ वर्षदेखि ठप्प थियो । ठप्प रहेको रुम्जाटार विमानस्थललाई केन्द्र र प्रदेशको राजधानीसँग जोडेर पुनः उडान शुरु गर्ने तयारी गरिएको हो । 

null

तयारीसँगै आजदेखि काठमाडौंबाट ओखलढुंगाको रुम्जाटार हुँदै प्रदेश नम्बर १ को राजधानी विराटनगरसम्मको हवाई सेवा सुरु गर्न लागिएको निगमका क्षेत्रीय प्रबन्धक नारायण पुरीले जानकारी दिए । 

क्षेत्रीय प्रबन्धक पुरीका अनुसार अहिले सातामा एक दिन सेवा दिने तयारी छ । पछि यात्रुको चापका आधारमा स्थानीय सरकार र प्रशासनसँग समन्वय गरेर थप अरु दिन पनि उडान भर्ने योजना छ । 

हरेक शुक्रबार काठमाडौं–रुम्जाटार–विराटनगर र विराटनगर-रुम्जाटार-काठमाडौं उडान भर्ने निगमको तयारी छ। 

यसअघि गत असोजमा तयारी गरिए पनि यात्रु अभावका कारण रुम्जाटारमा उडान सुरु हुन सकेको थिएन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *