घट्टेकुलो अपडेटः घाइते केसी विप्लवका कार्यकर्ता रहेको खुलासा !

 

जेठ १२, काठमाडौं । काठमाडौंको घट्टेकुलोमा बम विस्फोट हुँदा घाइते भएका रविन केसी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता भएको खुलेको छ । 

प्रहरीका अनुसार घटनास्थलबाट विप्लवको पर्चा भेटिएको छ । उनी त्रिचन्द्र इकाई अध्यक्ष भएको प्रहरीले जनाएको छ । सोमबार विप्लवले घोषणा गरेको बन्दका लागि बनाउने क्रममा दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

null

मृतकको भने सनाखत हुन सकेको छैन । घाइते रविनको वीर अस्पतालकाे ट्रमा सेन्टरमा उपचार भइरहेको छ । 

घटनास्थलमा आर्मी र पुलिसको बाक्लो उपस्थिति रहेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

यसैगरी सुकेधारामा भएको विस्फोटमा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्। प्रहरीले सुकेधाराको घटना पनि विप्लवले गराएको हुन सक्ने जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *