आज र भोलि देशभरी कै मौसम कस्तो रहला ?

काठमाडौं, २५ वैशाख । आज र भोलि देशभरी कै मौसम सफा हुने मौसमविद्ले अनुमान गरेका छन् । अहिले प्रिमनसुन कमजोर भएकाले देशभरी कै मौसम सफा हुने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

 

तर, बेलुकीपख पूर्वी पहाडी भेगको एक दुई ठाउँमा स्थानीय वायुको प्रभावले मेघगर्जनसहित हल्का पानी पर्न सक्ने मौसमविद् बताउँछन् । शुक्रबार भने पश्चिमी वायु प्रवेश गरेर मौसम बदली हुने छ । पानी नपरेपछि देशभरी नै गर्मी बढेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *