के राजिवले को बन्छ करोडपतिमा १ करोड जितेकै हुन त ?

बैशाख २८, काठमाडौं । एपी वान टेलिभिजनबाट प्रशारित को बन्द करोडपतिको ४१ औं श्रृंखलामा राजिव जैनले २५ लाख जितेका छन् । विराटनगरका जैनले शनिबार प्रशारित कार्यक्रममा १३ औं प्रश्न मिलाउँदै २५ लाख जितेका हुन् । ब्यापारीक पृष्ठभूमिका जैनले को बन्छ करोडपतिको श्रृंखलामा पहिलो पल्ट २५ लाख जितेका हुन् । 

आज शनिबार प्रशारित एपिसोडमा उनी १३ औं प्रश्नमा छन् । अब उनलाई १ करोड जित्न मात्र २ वटा प्रश्न मिलाउन बाँकी छ । आइतबारको एपिशोडमा राजिवले १ करोड जित्ने बुझिएको छ । कार्यक्रमले आफ्नो पहिलो सिजनमै बहुप्रतिक्षित करोडपति पाएको एसआरविएन मिडियाले विज्ञप्ति जारी गर्दै जनाइसकेको छ । 

को बन्छ करोडपतिको आज शनिबार प्रशारित एपिशोडमा राजिवले १८ वर्षदेखि को बन्छ करोडपतिमा भाग लिन खोजेको बताउँदै उनले भारतको कौन बनेगा करोडपतिमा समेत सहभागी हुन खोजेको बताएका छन् । 

null

 

विद्यार्थी राजिव सानैदेखि बाहिरी ज्ञानमा रुचि राख्दथे । दिल्ली विश्वविद्यालयबाट एमविए गरेका राजिवले दिल्लीमै रहँदा कौन बनेगा करोडपतिमा सहभागी हुन खोजेका थिए । उनलाई कौन बनेगा करोडपतिबाट कल आएपनि टप १० मा भने पर्न सकेका थिएनन् । 

४३ वर्षिय राजिव विगत १० वर्षदेखि सानेपा ललितपुरमा बस्दै आएका छन् । अरनिको बोर्डिङ स्कुल विराटनगरबाट एसएलसीमा मोरङ जिल्ला टप गरेका राजिवले महेन्द्र मोरङ क्याम्पसमा स्कलरसिप पाएका थिए । त्यसयता एमविए गर्दा सम्म उनले स्करशिप पाएका छन् । 

क्रिकेट, फुटवलमा उनको रुचि छ । क्रिकेटमा उनले राष्ट्रिय स्तरको प्रतियोगिता समेत खेलेका छन् । उनी विद्यालय तहबाटै क्विजमा सहभागी हुँदै विजयी भएका छन् । 

यस अघि नै को बन्छ करोडपतिको प्रथम सिजनको पहिलो करोडपति घोषणा बारे एसआरविएन मिडिया (को बन्छ करोडपति) ले प्रोमो सहितको प्रेस वक्तव्य जारी गरेको थियो । जारी भिडियो प्रोमोमा बिजयी अनुहार नदेखाईए पनि उनले १ करोड जितेको बुझिन्छ । केविसिको ४० औं इपिसोडसम्मको यात्रामा कुनै पनि प्रतियोगीले २५ लाखसम्म रकम जित्न सकेका थिएनन् । 

को बन्छ करोडपति एपिवान टेलिभिजनमा हरेक शनिवार, आइतवार र सोमबार सांझ ८ः३० बजे प्रशारण भइरहेको छ । यस्तै केविसि नेपालको युट्युब च्यानल तथा हाम्रो पात्रो एपमा तथा केविसि नेपालको युट्युब च्यानलमा कार्यक्रम हेर्न सकिन्छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *